close

प्रचण्ड र बालेनबीच भेटवार्ता

प्रचण्ड र बालेनबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मेयर साह खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । 

खुमलटार भेटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

भेटका क्रममा मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि बालेनले  एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन्।