close

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सभापति र अध्यक्षबीच भेटवार्ता भएको हो । सो क्रममा आगामी दिनमा संघ र प्रदेशबीच कसरी जाने भन्ने विषयमा छलफल भएको बुझिएको छ । 

लोसपा अध्यक्ष महन्थ ठाकुर पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक समापनपछि बालुवाटार पुगेका थिए ।