close

संसदमा गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग

संसदमा गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका सांसद लालबहादुर थापाले गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सरकारले धाँधली गरेको भन्दै गृहमन्त्री, गृहसचिव र प्रहरी नायव महानिरीक्षक तथा निर्वाचन आयोगका प्रमुख आयुक्तको राजिनमा माग गरेका छन् । 

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । 

बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि पुनः निर्वाचन गर्न लागिएको हो । त्यहाँ यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

तर, एमाले सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतको अन्याय गरेको आरोप लगाउँदै राजीनामा मागेका हुन् ।