close

प्रधानमन्त्रीले समय मागेकाले मन्त्रिपरिषद् रोकिएको हो, चाँडै अघि बढ्छ : अध्यक्ष नेपाल

प्रधानमन्त्रीले समय मागेकाले मन्त्रिपरिषद् रोकिएको हो, चाँडै अघि बढ्छ : अध्यक्ष नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले मन्त्रिपरिषद् विस्तार रोकिएको बताएका छन् । 

मंगलबार सप्तरीको राजविराजमा पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेपालले यस्तो बताएका हुन् । 

पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताउँदै भने, ‘‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनूस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो ।’