काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुले पार्टीको निर्णय मान्ने र कुर्सीमा टाँसिएर नबस्ने बताएका छन् ।
बुधबार पार्टीनिकट विद्यार्थी संगठनको काठमाडौंमा भएको शपथग्रहण समारोहलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
वर्तमान सत्ता गठबन्धन आगामी चुनाव र त्यसपछिसम्म लैजान आफ्नाो चाहना भएको बताउँदै गठबन्धनकाे भविश्य छैन भन्नेहरुको पछि लाग्न जरुरी नरहेको उनले बताए ।
‘त्यस्ता कू प्रचारका पछि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहान्छौँ ।’ गठबन्धन भत्कियोस् र आपसी असमझदारी बनोस् भन्ने प्रयास भइरहेकाे उनको भनाइ थियो ।