close

लुम्बिनी प्रदेशको आव २०७९/८०को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत (पूर्णपाठसहित)

लुम्बिनी प्रदेशको आव २०७९/८०को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत (पूर्णपाठसहित)

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीनिर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गर्दै सरकारले आफ्नो नीति तथा कार्यक्रम बुधबार दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनमार्फत् प्रस्तुत गरेको हो । 

नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुखले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानी व्यवस्थापन र संरचना निर्माणको कामलाई गौरवको आयोजना घोषणा गरे। 

उनले राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने राजधानी निर्माण गर्ने उल्लेख गरे । राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्किने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीका लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसका लागि संघ र स्थानीय सरकारसँग मिलेर काम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रुपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने पनि उनले उल्लेख गरे । राजधानीतोकिएको स्थानअहिले राप्तीगाउँपालिकामा पर्दछ । 

यस्तै, हाल प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । 

प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिकगौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख शेरचनले बताए । 

यसैगरी कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितप्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । क्यान्सर तथा मुटुरोगीलाई दुई लाख दिइने नयाँ योजनामा समेटिएको छ ।

नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्वपूर्ण योजनाको रुपमा अघि बढाइने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्णपाठ