close

राज्यमन्त्री प्रकरणबारे जवाफ माग्दै लुम्बिनी प्रदेश सभा अवरोध

राज्यमन्त्री प्रकरणबारे जवाफ माग्दै लुम्बिनी प्रदेश सभा अवरोध

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभा बैठक अवरोध गरेको छ । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरण देखाउँदै नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरोध गरेको हो । 

एमालेले सरकारले प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणबारे प्रदेश सभा बैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने  बताएको छ । 

बैठक प्रारम्भ भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।

सभामुख पूर्ण घर्तीले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।