close

माओवादी केन्द्रीय समिति बैठकमा ९ एजेण्डामाथि छलफल

माओवादी केन्द्रीय समिति बैठकमा ९ एजेण्डामाथि छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवनमा सुरु भएको छ । 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको कार्यसूचीअनुसार नयाँ सदस्यहरूको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, स्थानीय निर्वाचनको समीक्षा, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङमा छलफल हुनेछ । 

त्यस्तै अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी ९ एजेण्डामा छलफल हुने प्रचण्डले जानकारी दिएका छन् ।