close

गठन भएको एक हप्तामै राष्ट्रिय एकता अभियान पार्टीमा प्रहार–प्रतिप्रहार

गठन भएको एक हप्तामै राष्ट्रिय एकता अभियान पार्टीमा प्रहार–प्रतिप्रहार

Trulli
ADVERTISEMENT

काठमाडौं । असार १३ गते गठन/ सार्वजनिक भएको राष्ट्रिय एकता अभियान पार्टीमा प्रहार र प्रतिप्रहार भएको छ । पार्टी गठन भएको हप्ता दिनमै सो पार्टीभित्र एक/अर्कालाई कारबाही गरी  प्रहार-प्रतिप्रहार सुरु भएको हो । 

पार्टी गठन भएसँगै संयोजकले वाम एकताका लागि अभियान थालेका थिए । उनको सो कार्यलाई लिएर एकता अभियानमा आवद्ध चार दलले गौतमलाई ५ बुँदे आरोप लगाउँदै गौतमलाई कारबाहीस्वरुप  संयोजकबाट निष्कासन गरेका थिए । 

गौतममाथि सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको उनीहरूमाथि आरोप थियो । 

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।

शनिबारको एक बैठकले गौतमलाई निष्कासन गरेको हो । गौतमलाई निष्कासन गरेको बैठकले गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको थियो । 

तर, गौतमले त्यसको प्रतिप्रहारस्वरुप उनै सफललाई पार्टीमा नरहने गरी कारबाही गरेका छन् । 

पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार अनुशासनविपरीत  क्रियाकलाप गरेकाले उनीहरूमाथि कारबाही गर्ने निर्णय भएको बताए । 

युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्किने गरी निष्कासन गरिएको छ भने अन्य चारजनालाई आत्मालोचना गरे फर्किने विकल्पसहति निष्कासन गरिएको पाण्डेले जनाए ।