close

माओवादी केन्द्रीय बैठकमा वाम एकता प्रसंग,  कांग्रेससँग चुनावी एकता गर्दा सोच्न सुझाव

माओवादी केन्द्रीय बैठकमा वाम एकता प्रसंग,  कांग्रेससँग चुनावी एकता गर्दा सोच्न सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा सोच्नुपर्ने आवाज उठेको छ । 

आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा यस्तो आवाज उठेको हो । 

उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिम्खडाले कांग्रेस गठबन्धनमा इमानदार नभएको भन्दै भने, ‘ कांग्रेसको मत इमानदार छैन ।हामीलाई हाराउन कांग्रेस सबैसँग मिल्यो । त्यसकारण कांग्रेससँग गठबन्धन गर्दा सोच्नुपर्छ ।’

गठबन्धन गर्दा मतदाताले चुनाव चिन्ह नै बिर्सिन सक्ने अवस्था आउन लागेको पनि सो बहसमा कुरा उठेको छ । 

यस्तै, माओवादी केन्द्रमा वाम एकताले पनि प्रवेश पाएको छ । आजको बैठकमा अध्यक्ष दाहालले बाम एकताको प्रसंग निकाल्दै रायसमेत माग गरेका छन् । कांग्रेससँग गठबन्धन कायम रहेका बेला अध्यक्ष दाहालले यस्तो प्रसंग निकालेका  हुन् । जसलाई निकै महत्त्वका साथ हेरिएको छ ।