close

यस्ता छन्, माओवादीले आगामी निर्वाचनका लागि अघि सारेका रणनीति

यस्ता छन्, माओवादीले आगामी निर्वाचनका लागि अघि सारेका रणनीति

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि रणनीति तय गरेको छ । 

पार्टी अध्यक्ष प्रचण्डले आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको १० बुँदे संक्षिप्त राजनीतिक प्रतिवेदनमा आगामी चुनावका लागि ७ रणनीति अघि सारेका हुन् । 

राष्ट्रिय राजनीतिक एजेण्डाका आधारमा हेर्दा पार्टी पहिलो स्थानमा रहेपनि गणितीय संख्याका कारण तेस्रो बनेको भन्दै प्रचण्डले अबको निर्वाचनमा भने अग्रगामी विचार, संगठन, शक्ति र नेतृत्वको तादम्यता गराएर पार्टीलाई बलियो  बनाउने प्रतिवेदनमा बताएका छन् । 

यस्ता छन्, रणनीति

१. सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरुलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाई ठोस कार्यविभनसहित निर्वाचन क्षेत्रमा पठाउने । 

२. संघ र प्रदेशमा जनसहभागितासहित चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने ।

३. संघीय तथा प्रदेश निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने

४.संयुक्त मोर्चा, गठबन्धनमा सहभागी दल र विपक्षीको अवस्थाको अध्ययन गर्ने । 

५. निर्वाचन क्षेत्र आधारित संगठन परिचालन, स्थितिको आङ्कलन र जनताको अपेक्षाको आधारमा निर्वाचनमा विजयी बन्ने रणनीति बनाउने ।

६. सम्भावित उम्मेदवारको सूची तयार गर्ने ।

७. दक्षिणपन्थी र प्रतिगामी शक्तिलाई पराजित गर्न सबै ढंगले चुनावी रणनीति तयार गर्ने