close

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका सभापतिले पदाधिकारी बैठक बोलाएका छन् । 

प्रधानमन्त्री तथा सभापति देउवाले  मंगलबार दिउँसो १ बजेका लागि सो बैठक बोलाएका हुन् । 

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धमा छलफलका लागि सो पदाधिकारी बैठक बोलाइएको बताइएको बालुवाटार स्रोतले जनाएको छ ।

सो बैठकमा शेखर समूहले लगाएका पाँच आरोपबारे पनि छलफल हुने बताइएको छ । त्यस्तै, शेखर समूह पनि बैठकमा आफ्ना कुरा लिएर जाने बताइएको छ ।