काठमाडौं । नेकपा एमालेले थप ३ विभाग गठन गरेको छ ।
प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आइतबार बसेको सचिवालय बैठकले उल्लेखित विभाग गठन गरेको हो ।
थप नयाँ विभागहरूमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग छन् ।
नेकपा एमालेले विभिन्न १४ विभागमा सचिव मनोनित गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
विभाग र सचिवहरुको नाम यसप्रकार छ :
वित्त तथा कोष व्यवस्थापन विभाग : डा. भीष्म अधिकारी
संगठन विभाग : सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण विभाग : मोहिनी खनाल
श्रम तथा रोजगार विभाग : जनक चौधरी
संसदीय विभाग : डा. सूर्य पाठक
सामाजिक सेवा विभाग : डा. नेत्रप्रसाद तिम्सिना
संस्कृति विभाग : राजेश थापा
स्थानीय तह विभाग : हर्क राई
प्रचार तथा प्रकाशन विभाग : गगन विष्ट
परराष्ट्र मामिला विभाग : डा. अन्जान शाक्य
संघीय मामिला तथा सामान्य प्रशासन विभाग : शिव गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग : पुष्प ज्योति ढुंगाना
अर्थ तथा योजना विभाग : योगेन्द्र शाही
कानून विभाग : डिल्लीराम मैनाली