close

नेकपाका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता

नेकपाका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीबीच एकता भई बनेको नेकपाक बहुमत सदस्य सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज आइतबार बेलुकी भेटवार्ता भएकाे हाे ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, चुनाव, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगकाे गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमा जानकारी दिएकी छन् । 

नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।