close

जसपा सांसद यादव पार्टीबाट बर्खास्त, अन्तर्घात गरेको आरोप

जसपा सांसद यादव पार्टीबाट बर्खास्त, अन्तर्घात गरेको आरोप

Trulli
ADVERTISEMENT

जनकपुरधाम ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै एक प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरिदिएको छ । 

महोत्तरी क्षेत्र नंं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई जसपाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको हो ।

आइतबार बसेको जसपा महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सांसद यादवसँगै संघीय शिक्षक फोरमका अध्यक्ष कौशल कुमार यादवलाई पनि पार्टीबाट निष्काशन गरिएको छ । 

सांसद यादव संविधानसभा सदस्य समेत हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचित भएका थिए ।

सांसद यादवकाे प्रतिक्रिया

यसैबीच सांसद यादवले आफूलाई एका-एक निष्काशन गरिएको घटनाबारे समाजिक सञ्जालमार्फत जानकारी पाएको बताएका छन् ।

जसपाले निष्काशन गरे पनि आफ्नो राजनीतिक यात्रा जारी रहने उनले बताएका छन् ।

उनले आफूलाई थुप्रै पार्टीबाट अफर आइरहेको र कहाँ जाने भन्ने विषयमा चाँडै निर्णय लिने बताए ।