close

जसपाले फिर्ता बोलायो मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री ?

जसपाले फिर्ता बोलायो मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री ?

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएको छ ।

पार्टीले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वन मन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको हो ।

हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्नेबारे छलफल भएको थियो । सोही अनुसार जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको हो ।

जसपाले सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन लागेको हो ।

भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवको नाम सिफारिस भएको जसपा स्राेतले बताएको छ । 

सम्भवत आजै मन्त्री नियुक्ति गरि शपथ ग्रहणको तयारी गरिएको छ ।