close

के–के विषय उठे माओवादी बैठकमा ?

के–के विषय उठे माओवादी बैठकमा ?

Trulli
ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्यले पदाधिकारी टुंग्याउन जोड दिएका छन् । 

सोमबार केन्द्रीय कमिटीमा बोल्दै केन्द्रीय सदस्य सुदन किराती, पञ्चासिंह, शालिक राम जमरकट्टेलले पदाधिकारी टुंग्याउनका लागि जोड दिएका हुन् ।

यस्तै, हरिबोल गजुरलेले अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्नुपर्ने बताएका छन् । यदि प्रस्तावित नाममा चित्त नबुझेमा निर्वाचनमा जानुपर्ने उनको जोड थियो । 

‘योचोटि पदाधिकारी चयन गर्नैपर्छ । अध्यक्षले यही बैठकमा पदाधिकारी प्रस्ताव गर्नुपर्छ । अब स्थायी, पोलिटब्युरो र पदाधिकारी बनाउनुपर्छ । अध्यक्षले एउटा प्रस्ताव पेस गर्नुपर्छ । चित्त बुझेन भने चुनावमा जानुपर्छ,’ उनले भने ।
माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषध्यक्ष रहने व्यवस्था छ । 

यस्तै, बैठकमा प्रतिनिधिसभामा एक्ले चुनाव लड्नुपर्ने आवज पनि उठेको छ । गिरिराजमणि पोखरेलले पार्टीभित्र विभिन्न धार रहेको बताउँदै बैठकमा आगामी चुनावमा एक्लै जानुपर्ने बताएका हुन् ।

‘हामी स्थानीय चुनावको समीक्षा गरिरहेको छौँ । संघ र प्रदेशको चुनावका मुद्दामा आधारित भएर गठबन्धन अगाडि बढ्ने हो । हाम्रो छलफलको संश्लेषण भइसकेको छैन । एक्लै आफ्नो खुट्टामा उभिएर जानुपर्छ भन्नेपनि केन्द्रीय कमिटीमा मत छ । भएका गठबन्धनका गल्ती, कमजोरीलाई सच्याएर यसैलाई अझ मजबुत बनाएर लिएर जानुपर्छ भन्ने मत पनि छ । वाम गठबन्धनतर्फ जानुपर्छ भन्ने पनि छ । वाम–लोकतान्त्रिक अथवा बाम–समाजवादीहरूको गठबन्धन हुनुपर्छ भन्ने पनि छ,’ उनले भने ।