close

बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान

बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको हो । 

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।

बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगाले जनाएको छ । पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका छन् । 

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको यस पालिकामा हरेक मतदान स्थलमा सिनियर अफिसरको कमाण्डमा तीन तहका सुरक्षाकर्मी परिचालन गजिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पालिका खबरलाई बताए ।  उनका अनुसार पुन: मतदानको सबै पूर्वतयारी सम्पन्न भएको छ । 

१० वडा रहेको यस नगरपालिका १२ हजार ६५९ मतदाता छन् ।