close

संसद् बैठक स्थगित : संसद‍्मा सहभागी दलका प्रतिनिधिहरूबीच छलफल

संसद् बैठक स्थगित : संसद‍्मा सहभागी दलका प्रतिनिधिहरूबीच छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित गरेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरूबीच छलफल भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् ।