close

मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई आयोगको सिफारिस

मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई आयोगको सिफारिस

Trulli
ADVERTISEMENT

काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेका छन्।

आयोगले आगामी मंसिर २ गते देशभर एकै चरणमा आम निर्वाचनका लागि सरकारलाई सिफारिस गरेको हो । सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ।

बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।