close

बुढीगंगाको मतगणना सुरु

बुढीगंगाको मतगणना सुरु

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा बिहीबार सम्पन्न चुनावको मतगणना अहिले सुरु भएको छ ।

बिहान ११ बजेदेखि नै मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरे पनि केही समय ढिलाइ गरी मतगणना सूरू भएकाे हाे । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।
 
बूढीगङ्गामा १३ हजार ६५९  जना मतदातामध्ये ९ हजार १२८ अर्थात ६६ दशमलव ७५ प्रतिशत मतदान भएको थियो । 

बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।