close

नागरिकता विधेयक संसदबाट फिर्ता

नागरिकता विधेयक संसदबाट फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । संसदमा विचारधीन नागरिकता विधेयक फिर्ता भएको छ। सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले नागरिकता विधेयक फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अंगिकृत नागरिकता पाउने अवधिकाका विषयमा मतभेद थियो। तत्कालीन सरकारले संविधानमा भएको व्यवस्थाको कार्यान्वन र संशोधनका लागि २०७५ साउनमा विधेयक दर्ता गरेको थियो।

सरकारले पुरानो विधेयक फिर्ता लिए पनि लगत्तै नयाँ विधेयक दर्ता गर्ने तयारी अघि बढाएको छ। सहमति भएका र विवाद रहित विषयलाई मात्रै सम्बोधन गर्ने गरी नयाँ विधेयक फास्टट्राकबाट पारित गराउने सरकारको तयारी छ।