close

बुढीगंगामा एमालेको अग्रता कायमै

बुढीगंगामा एमालेको अग्रता कायमै

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। 

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ३४५ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खातीले ८८६ मत प्राप्त गरेका छन्। 

उपमेयरमा नेकपा एमालेका उम्मेदवार माया कुमारी खड‍्का(कुवँर)ले १ हजार २९० मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले ९१९ मत प्राप्त गरेकी छन्। 

वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले २ नम्बर वडाको मतगणना जारी छ ।