close

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : माधव नेपाल

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : माधव नेपाल

Trulli
ADVERTISEMENT

रुपन्देही । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् । ५ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले अब हुने संघ तथा प्रदेशको निर्वाचनसम्म यो कायम रहने दोहोर्‍याए । 

सम्मेलनमा बोल्दै नेपालले सम्वन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे । एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको बताए । उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेको बताउँदै थप सफलता प्राप्त गर्ने दाबी समेत गरे । 

उनले गठबन्धन आवश्यकता अनुसार भएतापनि स्थानीय तहमाफआफूहरू आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गरे ।

उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’