close

बुढीगंगाको मेयरमा एमालेका बानियाँ निर्वाचित

बुढीगंगाको मेयरमा एमालेका बानियाँ निर्वाचित

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीगंगा नगरपालिका मेयर-उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

भर्खरै सकिएको मतगणनाअनुसार  मेयरमा रामबहादुर बानियाँले  ४४७७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका रङ्गबहादुर खातीले ३७७४ मत प्राप्त गरे । 

त्यस्तै,  उपमेयरमा एमालेकी माया कुँवरले ४७२७ मत ल्याएर जित निकालेकी छन् । उनका प्रतिद्धन्दी नेपाली काङ्ग्रेसकी रीता शाहीले ३७५५ मत ल्याइन् । 

नगरपालिकाको १० वटा वडा मध्ये वडा नम्बर ४, ७ र ८ मा  काङ्ग्रेसले जितेको छ । वडा नम्बर १, २, ३,५, ६ , ९ र १० नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।