close

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न माग

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न माग

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा  पालिकाबाट गर्नपर्ने माग गरेका छन् । 

प्रतिनिधिसभाको शून्य समयमा उनले मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा राष्ट्रिय परिचयपत्रसँगै दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए । 

सांसद मीना सुब्बाले निर्वाचन आयोगका धेरै सामग्री प्रयोगविहीन भएकाप्रति ध्यानाकर्षण गराइन् । आयोगले किनेका ५२१ ल्यापटप, कलर प्रिन्टर, अत्याधुनिक छपाइ मेसिन प्रयोगविहीन भएको उनको भनाइ थियो ।

सांसद रामेश्वर राय यादवले मधेशमा अत्याधिक गर्मीका कारण किसानले पानी र मलको अभावमा खेती गर्न कठिन परेको र भोकमरी बढ्दै गएको हुनाले मधेशलाई सुक्खाग्रत क्षेत्र घोषणा गर्न माग गरे । 

सांसदहरू मायादेवी ज्ञवाली, मैनाकुमारी भण्डारी, मोहन बाँनिया, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवालीलगायतले खेतीको समयमा सरकारले मल ल्याउन नसक्दा किसान मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।