close

‘बाम गठबन्धन कांग्रेस तर्साउने फण्डा’

‘बाम गठबन्धन कांग्रेस तर्साउने फण्डा’

Trulli
ADVERTISEMENT

रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै कांग्रेस तर्साउने उद्देश्यले चर्चामा आएको बाम गठबन्धनको सम्भावना नरहेको बताए । 

‘सत्ता नै सबै कुरा हो भनेर जो सँग पनि लहसीने काम एमालेले गर्दैन’ उनले भने ‘यद्यपी वाम घटकहरुबीच मुलुकको समृद्धि र राष्ट्रियताका लागि हो भने सहकार्यको ढोका खुलै छ ।’

उनले काँग्रेसलाई तर्साउनकै लागि बाम गठबन्धन र बाम एकताको फन्डा चलाईएको बताए । ‘अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्डा चलाईएको थियो, त्यो फेल खायो अव बाम एकताको फन्डा चलाईएको छ’ ज्ञवालीले भने ‘त्यस्ता फण्डाहरु आइरहन्छन् ।’

‘नागरिकता विधेयक पारित हुनु रहस्यमयी’
एमाले उपमहासचिव प्रदिप ज्ञवालीले रहस्यमयी तरिकाले नागरिकता विधेयक पारित भएको टिप्पणी गरेका छन् । लामो समयसम्म अडान राख्दै आएको नेकपा माओवादी केन्द्र समेत एकाएक परिवर्तन भएर विदेशीलाई सहज हुने गरी नागरिकता आउनु रहस्यमयी भएको उनले उल्लेख गरे । 
नागरिकता विधेयकमा भएका असहमतिहरुबाट पछि हटेर माओवादीले आफ्नै साँसदहरुको भावनामा चोट पु¥याएको प्रति एमाले उपमहासचिवको चित्त दुखाई थियो । 

प्रेस चौतारी नेपाल रुपन्देहीले आज शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले माओवादी केन्द्रकै साँसदहरुले संशोधन प्रस्ताव राखेको नागरिकताको बैबाहिक अंकिकृत नागरिकताको एजेण्डा बिपरित बिधेयक पास गरिएको प्रति आफु आश्चर्य चकित भएको बताए ।