close

परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक छ  : माधव नेपाल

परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक छ  : माधव नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । 

आइतबार विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे भएको बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिले चीन र अमेरिकाले हतियारको होडबाजी गरेको बताउँदै उनले परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । 

यस्तै,  उनले होडबाजी र युद्धले कुनै पनि समस्याको समाधान नहुने बताउँदै ‘इन्डो प्यासिफिक स्टाटेजीमा अमेरिकाले तीनवटा देशलाई शत्रुको घोषणा गरेको छ, रुस, चीन र उत्तर कोरियालाई’, नेपालले भने, ‘ इण्डो प्यासिफिक भित्र अमेरिका, जापान, अष्ट्रेलिया र भारत रहेका छन् ।’