close

युवाहरु पद प्राप्ति र सम्पन्न जीवनका लागि गुटमा आबद्ध छन् : नेता श्रेष्ठ

युवाहरु पद प्राप्ति र सम्पन्न जीवनका लागि गुटमा आबद्ध छन् : नेता श्रेष्ठ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजनीतिमा सक्रिय युवाहरु आफ्नै बलबुतामा नेतृत्वमा पुग्ने वा नेतृत्व गर्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता श्रेष्ठले यस्तो बताएका हुन् । 

‘आफ्नै बलबुतामा लिडरसिप गर्ने वा लिडरसिप लिने साहस युवा नेतामा देखिएको छैन । कुन गुटको कुन नेताको फेरो समातेर पदमा पुग्ने हो ? कुन कमिसनको फेरो समातेर आफ्नो जीवन सम्पन्न बनाउने हो भन्ने रनभुल्लमा छन्,’ उनले भने । 

साथै उनले युवाहरुले गुटगत राजनीतिलाई हतोत्साही गरेर नेतृत्व लिने क्षमता विकास गर्नु पर्ने समेत बताए ।