close

बाजुरा जिससमा एमालेको क्लिन स्विप, सबै निर्विरोध

बाजुरा जिससमा एमालेको क्लिन स्विप, सबै निर्विरोध

Trulli
ADVERTISEMENT

काठमाडौँ । बाजुरा जिससका सबै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार जिससमा अन्य दलले उम्मेद्वारी नदिएपछि नेकपा एमालेका उम्मेद्वार सर्वसम्मत चयन भएका हुन् । 

कुन पदमा को विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीसहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएका छन् । 

समन्वय समितिको खुला सदस्यमा हिकमतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महत्तरा, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देवी विक सर्वसम्मत भएका छन् । सर्वसम्मत चयन भएका प्रमुख, उपप्रमुखसहित सदस्यहरूले आइतबार पदभार ग्रहण गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख रोकायालाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले उपप्रमुखसहित अन्य सदस्य शपथ खुवाएका थिए ।

९ स्थानीय तह रहेको बाजुरामा ३० वैशाखमा भएको निर्वाचनमा ५ वटा र २३ असारमा बुढीगंगा नगरपालिका समेत गरेर ६ पालिकामा नेकपा एमालेले जितेको थियो । ६ पालिका जितेपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत थियो । सोही कारणले अन्य दलले उम्मेदवारी नदिएको हुन सक्ने आँकलन गरिएको छ।