close

प्रमुख र उपप्रमुखले प्राप्त मतका आधारमा एमाले पहिलो दल

प्रमुख र उपप्रमुखले प्राप्त मतका आधारमा एमाले पहिलो दल

Trulli
ADVERTISEMENT

काठमाडौं  । २०७९ मा भएको स्थानीय तहमा प्रमुख तथा उपप्रमुखले प्राप्त गरेको मत परिणामअनुसार नेकपा एमाले पहिलो दल बनेको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरणअनुसार एमालेले प्रमुख र उपप्रमुखमा प्राप्त गरेको मतका अनुसार एमाले पहिलो दल बनेको हो । 

आयोगको विवरणअनुसार नगरप्रमुख पदमा एमालेले सर्वाधिक २३ लाख ४८ हजार ७ सय ९ मत अर्थात ३४ दशमलव ५८ प्रतिशत मत पाएको छ ।

कांग्रेसले  २२ लाख ७९ हजार ३ सय ६३ मत अर्थात् ३३ दशमलव ५६ प्रतिशत मत प्राप्त गरी दोस्रो दल बनेको छ। तेस्रोमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६ सय ९३ मत अर्थात ९ दशमलव २४ प्रतिशत मत पाएको छ ।

उपप्रमुख पदमा पनि एमालेले लोकप्रिय मत पाएको छ । नगरउपप्रमुख पदमा एमालेले ३६ दशमलव २५ प्रतिशत, काँग्रेसले २४ दशमलव २० प्रतिशत, माओवादी केन्द्रले १५ दशमलव १७ प्रतिशत मत पाएको छ ।