close

असंलग्न परराष्ट्र नीतिले मात्र नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा हुन्छ : राष्ट्रपति

असंलग्न परराष्ट्र नीतिले मात्र नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा हुन्छ : राष्ट्रपति

Trulli
ADVERTISEMENT

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले असंलग्न परराष्ट्र नीतिले मात्र नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा हुने बताएकी छन्। 

शनिबार ललितपुरको जावलाखेलमा  अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्‍घाटन समारोहका क्रममा राष्ट्रपति भण्डारीले  यस्तो बताएकी हुन् । 

‘हामीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौँ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘किनभने यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने हाम्रो विश्‍वास रहेको छ।’ 

विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्ने र नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने बताउँदै भनिन्, ' हामी राष्ट्रहरूकाबीचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने मान्यता राख्दछौँ।’

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले भूपरिवेष्ठित मुलुकहरूका लागि  निर्वाध पारवहन अधिकारको प्रत्याभूति गर्ने समुद्रसम्बन्धी कानुन (ल अफ द सी) को निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गरिन्।