close

अबको निर्वाचनमा माओवादी दोस्रो हुँदैन भने सहज हुन्न : प्रचण्ड

अबको निर्वाचनमा माओवादी दोस्रो हुँदैन भने सहज हुन्न : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादी पार्टी कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् ।

पार्टीको सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कांग्रेसलाई आगामी निर्वाचनबाट माओवादी केन्द्र दोस्रो ठूलो दल बन्ने बताएको भन्दै त्यसलाई रोक्न खोजिए सहज नहुने चेतावनी पनि दिए । 

‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’

उनले संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने बताए । उनले  भने ‘यसमा कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईंहरू ढुक्क हुनुस गडबड हुन दिइँदैन यो पटक स्थानीय तहको जस्तो,’

नेतृत्व बीचको समझदारी अनुसार जाँदा विगतको कमजोरी सुधार्ने र अब फेरि एकपटक देशको नेतृत्व माओवादी केन्द्रको हातमा आउने दाबी गरे ।