close

अर्थमन्त्रीमा फेरि शर्मा नै, आजै सपथ लिने

अर्थमन्त्रीमा फेरि शर्मा नै, आजै सपथ लिने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त हुने भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका स्रोतले जनाएको छ । 

आर्थिक वर्ष २०७९\०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार बुझाएको प्रतिवेदनअनुसार अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएपछि माओवादीले अर्थमन्त्रीमा शर्माको नाम पुन: सिफारिस गरेका हुन् ।