close

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

सोमबार सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले  प्रदर्शन गरेको हो । दैनिक उपभोग्य सामानलगायत हरेक क्षेत्रमा मूल्यवृद्धिले नागरिकको जीवन कष्टकर बनेको प्रदर्शनकारीको भनाइ छ । 

वसन्तपुरबाट सुरू र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चका सदस्य सहभागी छन् ।

र्‍याली प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा समापन गर्ने कार्यक्रम छ । समापनमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।