काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको मति परिवर्तन नभएको बताएका छन् ।
२५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भीमदत्त पन्तको ६९ औँ स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै, उनले भीमदत्त पन्तको समयदेखि अहिलेसम्म कांग्रेसको मति उस्तै भएको उनले बताए । ओलीले लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई काँग्रेसले हत्या गरेको भन्दै विरोध गरेका हुन् ।
आज पनि एउटा देशभक्त,शान्तिपूर्ण रूपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही कांग्रेसको विरोध र निन्दा गर्छु’, ओलीले भने, ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन।’