close

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सहमति

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सहमति

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेता मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्न सहमत भएका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकले स‌ंघ र प्रदेशको चुनाव म‌ंसिर ४ मा गर्न सहमति जुटाएको हो । 

भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए ।नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ ।

‘चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ,’ गठबन्धनका एक नेता भन्छन्, ‘संसद चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’