close

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर ४ गते

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मंसिर ४ गते

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा गर्ने गरी चुनाव घोषणा गरेको हो । 

बुधबार सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । निर्वाचन आयोगले भने मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको थियो । 

निर्वाचन आयोगले १ महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको  अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो । 

आगामी मंसिर १० गते यो प्रतिनिधिसभाको कार्यकाल सकिँदैछ । प्रतिनिधिसभाको कार्यकाल सकिनुअघि निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ ।

यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा (मंसिर १० र २१ गते) भएको थियो ।