close

राजनीति छाड्न चाहे चुनाव जित्नैपर्ने परिस्थिति छ : अध्यक्ष नेपाल

राजनीति छाड्न चाहे चुनाव जित्नैपर्ने परिस्थिति छ : अध्यक्ष नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परिस्थितले राजनीति छाड्न नदिएको बताएका छन् ।

बिहीबार सरकारले निर्वाचनको मिति तोकेकै दिन राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो बताका हुन् । 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनले आफूले जित्नैपर्ने अवस्था रहेको बताए । 

‘छोडौँ कि भन्ने लागेको । परिस्थितिले छाड्नै दिएको छैन । यस पटकको चुनावमा लड्नैपर्छ । जित्नैपर्छ । आज चुनावको मितिको घोषणा पनि भइसक्यो,’ उनले भने, ‘अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन । डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला । सामाना गरेर, चुनावमा उठेर विजयको डङ्ग बजाएर तपाईंहरूको बिचमा आउनुपर्नेछ ।’