close

उपेन्द्र यादवले जितेको क्षेत्रबाट सीके राउत निर्वाचन लड्ने

उपेन्द्र यादवले जितेको क्षेत्रबाट सीके राउत निर्वाचन लड्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।

यसअघि यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा भाग लिएको थियो । 

गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो। 

२०७५ फागुन गते  जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो । त्यसयता जनमत पार्टीले तराई मधेश केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ।