close

चुनावमा तालमेल गर्न गठबन्धनमा सहमति : सिट बाँडफाँट कार्यदल गठन

चुनावमा तालमेल गर्न गठबन्धनमा सहमति : सिट बाँडफाँट कार्यदल गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बैठकले सत्ता गठबन्धनमै तालमेल गर्ने र चुनावमा केन्द्रित हुने निर्णय गरेको छ।  सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।

त्यस्तै, सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।

भदौको पहिलो साताभित्र सिट तालमेलको निर्णय सक्ने गरी कार्यदलले काम गर्ने बताइएको छ ।