close

माओवादीको कार्यवाहक अध्यक्षमा श्रेष्ठ

माओवादीको कार्यवाहक अध्यक्षमा श्रेष्ठ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगिसकेका छन् । 

जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । 

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ । अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।
 
जापानमा रनदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।