close

संघ र प्रदेशको चुनावमा बहुमत ल्याउने गरी तयारी थाल्न महामन्त्री थापाको निर्देशन

संघ र प्रदेशको चुनावमा बहुमत ल्याउने गरी तयारी थाल्न महामन्त्री थापाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  नेता तथा कार्यकर्तालाई आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न निर्देशन दिएका छन् । 

शनिबार स्व. श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसको उपलक्ष्यमा श्यामबहादुर स्मृति प्रतिष्ठानले बालकोटमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो निर्देशन दिएका हुन् । 

यस्तै, उनले निर्वाचनपछि जनताको पक्षमा परिवर्तन ल्याउँछौँ भनी सङ्कल्प गर्न आवश्यक रहेको उनले बताए ।  ‘निर्वाचन आउनले आउँछ, जान्छ तर देश बदलिँएन, जनस्तर पनि सुध्रिएन, त्यसैले अबको निर्वाचनपछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउँछौँ भन्ने सङ्कल्प गर्नु आवश्यक छ,’ उनले भने ।