close

लोकतान्त्रिक समाजवादीको बैठक स्थगित

लोकतान्त्रिक समाजवादीको बैठक स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । 

चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठक तयारी पूरा नभएको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको पार्टीका एक नेताले बताए । 

लोसपाले चुनावी गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग छलफल गरिरहेको छ ।