close

सिट  बाँडफाँट र मोडालिटी तयका लागि बनेको गठबन्धन कार्यदलको संयोजकमा सिटौला

सिट  बाँडफाँट र मोडालिटी तयका लागि बनेको गठबन्धन कार्यदलको संयोजकमा सिटौला

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट  बाँडफाँट र मोडालिटी तयका लागि बनेको कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजकमा चयन गरेको कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिँदै अर्को बैठक साउन २६ गते पुनः बस्ने बताए । 

कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।