close

गठबन्धन प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सिट बाँडफाँड छलफल सकारात्मक

गठबन्धन प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सिट बाँडफाँड छलफल सकारात्मक

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आगामी मंसिर ४का लागि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँट मोडालिटीबारे सकारात्मक छलफल  भएको छ ।

कर्यदल सदस्य देव गुरुङका अनुसार बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो । 

गुरुङले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’  उनले विगतमा दलहरूले  पाएकाे मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए ।