close

झापामा थपिए, २४ हजार नौ सय ९२ मतदाता

झापामा थपिए, २४ हजार नौ सय ९२ मतदाता

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा ६ लाख तीन हजार ६ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् ।

स्थानीय तहको निर्वाचनपछि मतदाता २४ हजार नौ सय ९२  थप भएका छन् । 

नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए । 

आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी सङ्ख्या यकिन गरिने बताए । 

पन्ध्र पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले हालै दुई सय ८५ वटा मतदानस्थल निर्वाचन कार्यालयलाई सिफारिस गरेको छ ।