close

मेयर बालेनलाई एमाले सचिव योगेशको यस्तो प्रस्ताव

मेयर बालेनलाई एमाले सचिव योगेशको यस्तो प्रस्ताव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई प्रस्ताव गरेका छन् ।

सचिव भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टी (नेकपा एमाले) सँग सहकार्य गर्न मेयर साहलाई प्रस्ताव गरेका हुन् । 

आज (आइतबार) प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले  वर्तमान (शेरबहादुर देउवा नेतृत्वको) सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको समेत टिप्पणी गरे ।

मेयर बालेन्द्रलाई ठोस प्रस्तावसहित आउन आग्रह गर्दै उनले फोहोर व्यवस्थापनको विषयमा नेकपा एमाले पूर्ण क्षमताका साथ मेयरलाई सहयोग गर्न तयार रहेको बताए । 

उनले यसअघि १४ दिनसम्म फोहोर नउठेको इतिहास रहेकोमा अहिले ७१ दिन पुगेको बताए । यस विषयमा प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरू बेखबर रहेको उनको गुनासो छ ।

‘काठमाडौं फोहोरले डुङडुङ गन्हाउने भइसक्दा पनि सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहन्नँ ।’ उनले भने ।