close

जनमोर्चाद्वारा राष्ट्रपतिको कदमको स्वागत

जनमोर्चाद्वारा राष्ट्रपतिको कदमको स्वागत

Trulli
ADVERTISEMENT

काठमाडौं । गठबन्धनमा आबद्ध जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई स्वागत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको भोलिपल्ट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको कदमलाई स्वागत गरेका हुन् । 

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता संसद‍्मै फिर्ता गरेकी थिइन् । 

साथै, जनमोर्चाले  विधेयक अस्वीकार गर्न आफ्ना सांसदहरूलाई आग्रहसमेत गरेको छ ।

केसीद्वारा जारी विज्ञप्तिजमा भनिएको छ, ‘राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । नेपालका लागि त्यस प्रकारको अत्यन्तै खुकुलो नागरिकता विधेयक आत्मघाती हुन्छ । त्यसलाई प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूले अस्वीकार गर्न हामीले अनुरोध गर्दछौँ ।’