close

फोहोरको राजनीति स्वीकार्य छैन : गगन थापा

फोहोरको राजनीति स्वीकार्य छैन : गगन थापा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसद्वारा स्थानीय तहका जनप्रतिनिधिका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको सो क्रममा उनले बताए । 

थापाले शहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको लागि अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।  

‘मन्त्रालयले धादिङ र नुवाकोट प्रभावित क्षेत्रका जनप्रतिनिधि सहित सबै सम्बन्धितलाई एकै ठाउँमा राखेर छलफल गराउनुपर्छ,’ उनले भने, ‘मैले शहरी विकास मन्त्री मेटमणी चौधरीसँग कुरा समेत गरिसकेको छु, उहाँ काठमाडौं बाहिर हुनुहुँदो रहेछ सचिवलाई भन्नुस भनेको छु । तत्काल छलफल अगाडी बढाउनुको विकल्प छैन । अब शान्त भएर एकठाउँमा बसेर निष्कर्शमा पुग्नुपर्छ ।’